२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन

संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन


विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोम घेब्येयियस क्वारेन्टाइनमा बसेका छन्। कोभिड-१९ पोजेटिभ विरामीको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बसेको भन्दै उनले आफ्नो सामाजिक संजाल ट्वीटमार्फत जानकारी दिए।

उनले आफुमा कोरोनाको लक्षण नदेखिएको र पूर्णरुपले स्वस्थ रहेको समेत बताएका छन्। तर संगठनको प्रावधानअनुसार उनी घरबाटै काम गर्ने छन्। उनले लेखेका छन् -‘म कोभिड-१९ संक्रमित व्यक्तिको सम्पर्कमा आएको पत्ता लागेको छ। म अहिले ठिक छु र कुनै प्रकारको लक्षण छैन तर डब्ल्यूएचओ को मापदण्डअनुसार आउने दिनमा क्वारेन्टाइनमा रहन्छु र घरबाटै काम गर्नेछु। यसरी बस्दा कोरोनाको चेन तोड्न सकिन्छ। जन भाइरसलाई हराउनको लागि जरुरी छ।’

विश्वभरमा अहिलेसम्म ४ करोड ६८ लाख ३४ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ। जसमा १२ लाख भन्दा बढीले ज्यान गुमाएका छन् भने ३ करोड ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ