२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआफू मातहतका निकायलाई ३ दिनभित्र सवारी साधनको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध

आफू मातहतका निकायलाई ३ दिनभित्र सवारी साधनको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका निकायसँग तीन दिनभित्र सवारी साधनको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयको प्रशासन महाशाखाले सूचना जारी गर्दै ४७ वटा निकायलाई सवारी साधनको विवरण तीन दिन भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयमा बुझाउन अनुरोध गरेको हो ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई सवारी साधनको विवरण उपलब्ध गराउन पत्राचार गरेको हो ।

यस्तै, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतला, सिंहदरबार वैद्यखाना विकास समिति, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, मनमोहन कार्डियोथोरासिस भास्कुलर केन्द्र, वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, किटजन्इ रोग अनुसन्धान तथा तालिम केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, पशुपति होमियोप्याथी चिकित्सालय तथा युनानी औषधालय, कान्ति अस्पताल विकास समिति, मानसिक अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य बीमा बोर्ड, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, नेपाल आँखा अस्पताल, नृपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल फार्मेसी परिषद्, आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नेत्रज्योति संघ, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, राष्ट्रि एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयुर्वेद चिकित्सालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र लगायतका निकायलाई सवारी साधनको विवरण पेश गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ