२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति

नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति


काठमाडौं—नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै निमित्त रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले निमित्त रजिष्ट्रारका रुपमा सकुन्तला प्रजापतिलाई पठाएको जानकारी आएको बताइन् ।

‘मन्त्रालयले निमित्त रजिष्ट्रारका रुपमा उहाँ (सकुन्तला)लाई पठाएको छ,’ उनले भनिन्, ‘उक्त कुराको जानकारी हामीले पाइसकेका छौं ।’

प्रजापति स्वास्थ्य मन्त्रालयको १० औं तहको नर्सिङ अधिकृत हुन् । यसअघिकी रजिष्ट्रार विन्दा घिमिरेको चार वर्ष लामो पदावधि सकिएपछि काउन्सिलको रजिष्ट्रार पद रिक्त रहेको थियो ।

मन्त्रिपरिषद्बाट नयाँ रजिष्ट्रार नियुक्त नहुँदा नर्सहरुको लाइसेन्समा प्रमाणिकरणमा पनि समस्या हुँदैं आएको थियो । उक्त समस्या मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले निमित्त रजिष्ट्रार नियुक्त गरेर उक्त प्रक्रियामा सहजीकरण गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ