२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बर्ड-फ्लू पुष्टि भएको क्षेत्र फुटुंगका स्थानीयलाई स्वास्थ्य समस्या देखिए खबर गर्न अपिल

बर्ड-फ्लू पुष्टि भएको क्षेत्र फुटुंगका स्थानीयलाई स्वास्थ्य समस्या देखिए खबर गर्न अपिल


काठमाडौँ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंको सांगलेखोलास्थित फुटुंगका स्थानीयलाई रुघाखोकीको समस्या देखिएमा तुरुन्त स्वास्थ्य सँस्थामा सम्पर्क गर्न अपिल गरेको छ।

उक्त क्षेत्रमा गएको शनिबार टर्की र हाँसमा बर्डफ्लु(एच५एन८) पुष्टि भएपछि पंक्षीहरूसँग सम्पर्कमा आएका स्थानीयलाई ज्वरो वा रुघाखोकीका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अपिल गरेको हो ।

महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै पन्छीमा देखिएको संक्रमण मानिसमा पनि सर्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

यस्तै, कुनै पनि शंकास्पद पन्छीको मृत्यु भएमा पनि सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने महाशाखाले जनाएको छ।

यस्तो छ विज्ञप्ति :-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ