२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बैंक कर्मचारी, स्वास्थ्य स्वयंसेवक र जनप्रतिनिधिहरुलाई खोप दिने सरकारको निर्णय

बैंक कर्मचारी, स्वास्थ्य स्वयंसेवक र जनप्रतिनिधिहरुलाई खोप दिने सरकारको निर्णय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारीहरुलाई खोप उपलब्ध गराउने भएको छ।

मन्त्रालयले बिहिबार सूचना जारी गरी जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेवक, पहिला छुट भएका स्वास्थ्यकर्मी र पत्रकार खोप दिने निर्णय गरेको हो ।

तोकिएको समूहलाई फागुन २ गते देखि ८ गतेसम्ममा नजिकैको स्वास्थ्य सँस्था वा खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। खोप लगाउन जाँदा कार्यालयको परिचय पत्र साथमा लिएर जान पर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ