२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सडक दुर्घटनामा युवा चिकित्सक डा. अधिकारीको निधन

सडक दुर्घटनामा युवा चिकित्सक डा. अधिकारीको निधन


काठमाडौं—धादिङमा भएको सडक दुर्घटनामा एक जना युवा चिकित्सकले ज्यान गुमाएका छन् । धादिङको खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किदा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको हो ।

धादिङको सिद्धलेक गाउँपालिकाको कोभिड—१९ अस्पताल कार्यरत डा. अधिकारीसँगै मोटरसाइकलमा सवार उनका पिता ६० वर्षीय बलराम अधिकारीको समेत निधन भएको छ ।

डा. अधिकारी चढेको प्र.३—०२—००९ ८२३० नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको थियो । दुर्घटनालगतै घाइते भएका डा. अधिकारी र उनका पितालाई उपचार लागि अस्पताल लैजादा बाटैमा मृत्यु भएको हो ।

डा. अधिकारीको घर धादिङको निलकण्ठ नगरपालिकामा हो । उनी काठमाडाैं आउने क्रममा दुर्घटनामा परेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ