२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ६२ जना कोरोना संक्रमित आईसीयुमा, १४ जना भेन्टिलेटरमा

६२ जना कोरोना संक्रमित आईसीयुमा, १४ जना भेन्टिलेटरमा


काठमाडौं—नेपालमा ६२ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६२ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् ।

जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, लुम्बिनीमा २४ जना र गण्डकीमा ४ जना कोरोना संक्रमित आईसीयुमा छन् ।

यस्तै, १४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ ।

मन्त्रालयकाअनुसार शुक्रबारसम्म १ हजार ४ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ