२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ संगठनको टोलीलाई कोरोना बिरामीको डाटा दिन चीनद्वारा अस्वीकार

संगठनको टोलीलाई कोरोना बिरामीको डाटा दिन चीनद्वारा अस्वीकार


चीनले बिरामीको डाटा नदिएको विश्व स्वास्थ्य संगठनको आरोप छ। न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार चिनियाँ वैज्ञानिकले महत्वपूर्ण डाटा दिन अस्विकार गरेको संगठनको टोलीले जनाएको हो ।

गएको शुक्रबार संगठनले सो तथ्यांक पाइएको भए कोरोना भाइरसको उत्त्पतिसम्म पुग्नको लागि ठुलो मद्दत मिल्न सक्ने बताएको छ।

चीनले कोरोनाको सुरुवाती दिनको बारेमा जानकारी लिन खोज्दा समेत विरोध गरेको सो टोलीले उल्लेख गरेको छ। यसबाट लुकाइएको प्रमाण हासिल गर्न मुस्किल भएको संगठनको भनाई छ। टोलीका एक सदस्यले भने, ‘सो डाटाको जानकारी भविष्यमा कोरोना जस्तो खतरनाक रोगलाई रोक्न मद्दत पुग्थ्यो।’

‘यदि तपाईलाई तथ्यांकमा भरोसा छ र प्रोफेशनल हुनहुन्छ भने त्यो तथ्यांक हासिल गर्नु भनेको डाक्टरले बिरामीको आँखाबाट हेर्न सक्ने जस्तै हो।’  टोलीका सदस्य डेनमार्कका एपिडेमियोलोजिस्ट कोलसेन फिशरले भने।

टोलीले विना तथ्यांक कुनै फैसला लिनु उपयूक्त नहुने उनले बताए।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ