२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ फ्रन्टलाइनर औषधी व्यवसायीलाई कोरोना खोपबाट बन्चित गरिएको भन्दै संघको गुनासो

फ्रन्टलाइनर औषधी व्यवसायीलाई कोरोना खोपबाट बन्चित गरिएको भन्दै संघको गुनासो


काठमाडौँ – नेपाल औषधि व्यवसायी संघले अग्रपंक्तिमा खटिएका औषधी व्यवसायी कोरोना खोपबाट बन्चित भएको भन्दै सरकारसँग गुनासो गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गरी सरकारले प्रत्यक्ष रुपमा बिरामीलाई औषधी वितरणमा खटिने औषधी व्यवसायीलाई पहिलो प्राथमिकतामा नराखेर खोपबाट बन्चित गराएको भन्दै गुनासो गरेको हो।

सरकार समक्ष औषधी व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न पहिले नै अवागत गराउँदा पनि सुनुवाई नभएको संघको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले स्वास्थ्यमन्त्रीसँग भेटेरनै औषधी पसलका धनी, कर्मचारीलाई कोरोनाको जोखिम उच्च रहेकोले खोप लगाउने प्राथमिकतामा राखी यथाशीघ्र नि:शुल्क खोपको लागि ज्ञापनपत्र बुझाएका थियौं तर हाम्रो सुनुवाई भएन।’

मुलुकमा जुनसुकै परिस्थितिमा पनि मानव शरीरको लागि अतिआवश्यक पर्ने औषधीको पहुँचलाई मध्यनजर गर्दै देशभर नै औषधी अभाव हुन् नदिई, मुल्यमा एकरुपता राख्दै व्यवस्थित रुपले वितरण गरिरहेको समेत संघले जानकारी गराएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ