२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बेलायतले बढी भएको भ्याक्सिन अन्य देशलाई दिने

बेलायतले बढी भएको भ्याक्सिन अन्य देशलाई दिने


काठमाडौं—धनी देशहरु कोभिड विरुद्धको भ्याक्सिन आवश्यकताभन्दा बढी स्टक राखेको भनेर आलोचना खेपिरहेका छन् । यही कारण गरिब तथा भ्याक्सिन आवश्यक परेका देशहरुलाई भ्याक्सिन नपुगेको गुनासो सुनिरहेको छ ।

बेलायत सरकारले ओभर स्टक भ्याक्सिन अन्य तथा आवश्यक रहेको देशलाई दिने विषयमा विचार गरिरहेको जनाएको छ ।

यस विषयमा बेलायतका भ्याक्सिन डिप्लोयमेन्ट मन्त्री नदीम जान्हीले भने, ‘हामी चाहन्छौं कि बेलायतका वयस्कलाई सबैभन्दा पहिले भ्याक्सिन मिलोस । त्यसपछि जति पनि हामीसँग बढी हुन्छ । त्यो दोस्रो देशलाई दिइनेछ । यस बारेमा योजना तयार गरिदैछ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ