गृहपृष्ठ ∕ समाचार ∕ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, ११:१३ मा प्रकाशित काठमाडौंं—सरकारले कोरोना विरुद्ध खोप कोभिशिल्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ । सरकारले सेरमलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड भुक्तानी दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार रकम भुक्तानी दिएको बताए । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दुई हप्ता भित्र पठाउने बताएको छ । भारतीय गृहमन्त्री अमित शाह र नेपालका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीबीच बुधबार ४ डलरका दरले खोप उपलब्ध गराउने सहमति भएको छ । स्रोतकाअनुसार सतप्रतिशत भुक्तानी अग्रिम लगेपनि खोप दुई चरणमा दिने बुझिएको छ । पहिलो चरणमा १० लाख डोज र दोस्रोमा थप १० लाख डोज दिने सेरम इन्स्टिच्युट अफ इन्डियाले बताएको छ । नेपालको भण्डार क्षमता पनि कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने अधिकारीहरुले बताएका छन् । भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि केही दिन भित्र नेपाल आउने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं २८ वर्षपछि काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पताल अलग हुने तयारीमा जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं २८ वर्षपछि काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पताल अलग हुने तयारीमा जनकपुरमा चिकित्सक दम्पतीको अत्याधुनिक अस्पताल, जहाँ काम गर्छन् ३० बढी विशेषज्ञ चिकित्सक फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट...’