गृहपृष्ठ ∕ समाचार ∕ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ २० लाख डोज खोपका लागि सेरमलाई सरकारले पठायो ९३ करोड रुपैयाँ हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, ११:१३ मा प्रकाशित काठमाडौंं—सरकारले कोरोना विरुद्ध खोप कोभिशिल्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको छ । सरकारले सेरमलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९३ करोड भुक्तानी दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार रकम भुक्तानी दिएको बताए । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दुई हप्ता भित्र पठाउने बताएको छ । भारतीय गृहमन्त्री अमित शाह र नेपालका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीबीच बुधबार ४ डलरका दरले खोप उपलब्ध गराउने सहमति भएको छ । स्रोतकाअनुसार सतप्रतिशत भुक्तानी अग्रिम लगेपनि खोप दुई चरणमा दिने बुझिएको छ । पहिलो चरणमा १० लाख डोज र दोस्रोमा थप १० लाख डोज दिने सेरम इन्स्टिच्युट अफ इन्डियाले बताएको छ । नेपालको भण्डार क्षमता पनि कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने अधिकारीहरुले बताएका छन् । भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप पनि केही दिन भित्र नेपाल आउने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै