२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो स्वीकृती

एक मात्रा लगाए पुग्ने जोनसन कम्पनीको कोरोना खोपले अमेरिकामा पायो स्वीकृती


जोनसन एण्ड जोनसन कम्पनीले विकास गरेको खोपले अमेरिकामा आपतकालीन स्वीकृती पाएको छ। मोडर्ना र फाइजर/बायोएनटेक पछि अमेरिकामा स्वीकृती पाउने यो तेस्रो खोप हो।

शनिबार जोनसन कम्पनीको कोरोना विरुद्ध खोपले स्वीकृती पाएको हो। १ मात्रा मात्र लगाए पुग्ने सो खोप १८ बर्षभन्दा माथि उमेर समूहलाई खोप दिन सकिने फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गरेको छ।

यस खोपको ट्रायल भाइरसको अर्को संक्रामक प्रजाति फैलिने समयसम्म गरिएको थियो। कम्पनीले ४४ हजार मानिसमा गरेको वैश्विक ट्रायलमा सो भ्याक्सिन ६६ प्रतिशत प्रभावकारी पाइएको हो।

यो भ्याक्सिन विश्वभरमा वृहत स्तरमा प्रयोग हुने अनुमान लगाइएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ