२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने

कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण रुपले कोरोना भाइरस विरुद्ध खोप लगाएका मानिसहरु सामान्य जीवनमा फर्किन सक्ने बताएको छ। नयाँ मापदण्डअनुसार खोप लगाएका व्यक्तिहरुले भ्याक्सिन नलगाएका मानिसहरुसँग पनि निर्धक्करुपले भेटघाट गर्ने सक्ने छन्।

‘खोपको अन्तिम डोज लिएको दुई साता पछि सुरक्षित मानिन्छ, ‘सीडीसीले भन्यो। अहिलेसम्म ३ करोड अमेरिकी नागरिकले कोरोना खोपको दुई डोज प्राप्त गरिसकेको बीबीसीले जनाएको छ।

पूर्णरुपले खोप प्राप्त गरेका अमेरिकीहरूको लागि नयाँमापदण्ड यस्तो :

  • मास्क र सामाजिक दूरी बिना अन्य पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूसँग घरभित्र भेट्न सकिने,
  • यदि  घरभित्रका सदस्य भाइरसबाट हुने गम्भीर रोगको कम जोखिममा छन् भने सजिलै भेटघाट र कुराकानी गर्न सक्ने,
  • कोरोना संक्रमण भएका अरूसँग भेट भए पनि आफूमा कुनै लक्षण देखा नपरे परीक्षण वा क्वारेन्टाइनमा बस्न नपर्ने।

तर खोप लगाएकाहरुले अझै पनि संक्रमणको जोखिमको सम्भावना भएका व्यक्तिसँग भेट्दा, भीडभाडमा जाँदा मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने बताइएको छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ