२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ २० प्रतिशत जनसंख्यालाई खोप लगाएका देशमा कोरोना संक्रमित हुनेको संख्या कम

२० प्रतिशत जनसंख्यालाई खोप लगाएका देशमा कोरोना संक्रमित हुनेको संख्या कम


नयाँदिल्ली—युरोपका केही देश अहिले कोरोनाको तेस्रो लहरसँग जुधिरहेका छन् । भारतमा कोरोनाको दोस्रो लहरले असर देखाउन सुरु गरेको छ ।

खोप अभियानको आँकडालाई हेर्ने हो भने जुन देशले आफ्नो जनसंख्याको २० प्रतिशत हिस्सालाई खोप लगाएका छन्, ती देशहरुमा नयाँ केस देखिन कम भएको भने कुनै देशमा अवस्था स्थिर छ ।

भारतमा ४ करोड ६२ लाख जनसंख्यालाई भ्याक्सिनको एक डोज दिइएको छ । यो भारतको जनसंख्याको ३.४ प्रतिशत जनसंख्या हो । भारतमा अहिले दैनिक देखिने कोरोना संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ ।

बेलायतमा २५ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप दिइएको छ । यो महिनाको सुरुवाती समयमा संसारका सबैभन्दा बढी कोरोना संक्रमित भेटिने पाँच शीर्ष देशमा बेलायत थियो ।

बेलायतले अहिलेसम्म २५ प्रतिशत जनसंख्याको कमसेकम एक डोज कोभिड खोप लगाएको छ । जसका कारण अहिले बेलायतमा नयाँ केस देखिन कम भएको छ ।

अहिले संसारमा १३७ देशमा कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ