२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्य२० प्रतिशत जनसंख्यालाई खोप लगाएका देशमा कोरोना संक्रमित हुनेको संख्या कम

२० प्रतिशत जनसंख्यालाई खोप लगाएका देशमा कोरोना संक्रमित हुनेको संख्या कम


नयाँदिल्ली—युरोपका केही देश अहिले कोरोनाको तेस्रो लहरसँग जुधिरहेका छन् । भारतमा कोरोनाको दोस्रो लहरले असर देखाउन सुरु गरेको छ ।

खोप अभियानको आँकडालाई हेर्ने हो भने जुन देशले आफ्नो जनसंख्याको २० प्रतिशत हिस्सालाई खोप लगाएका छन्, ती देशहरुमा नयाँ केस देखिन कम भएको भने कुनै देशमा अवस्था स्थिर छ ।

भारतमा ४ करोड ६२ लाख जनसंख्यालाई भ्याक्सिनको एक डोज दिइएको छ । यो भारतको जनसंख्याको ३.४ प्रतिशत जनसंख्या हो । भारतमा अहिले दैनिक देखिने कोरोना संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ ।

बेलायतमा २५ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप दिइएको छ । यो महिनाको सुरुवाती समयमा संसारका सबैभन्दा बढी कोरोना संक्रमित भेटिने पाँच शीर्ष देशमा बेलायत थियो ।

बेलायतले अहिलेसम्म २५ प्रतिशत जनसंख्याको कमसेकम एक डोज कोभिड खोप लगाएको छ । जसका कारण अहिले बेलायतमा नयाँ केस देखिन कम भएको छ ।

अहिले संसारमा १३७ देशमा कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ