२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची सार्वजनिक

एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची सार्वजनिक


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा सार्वजनिक गरेको छ।

मंगलबार आयोगले ‘एमडी/एमएस विथवाउट एक्सपेरियन्स’ समूहको नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा भएको त्रुटीलाई पुन सच्च्याएर नयाँ सूची प्रकाशन गरेको हो।

यसअघि आयोगले खुलातर्फको दोस्रो म्याचिङ सूची चैत २२ मा सार्वजनिक गरेको थियो। जसमा ‘एमडी/एमएस विथवाउट एक्सपेरियन्स’ समूहको नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा छुट हुन गई पुरानै योग्यताक्रम पर्न गएको कारण म्याचिङ सूचीमा समेत परेको थियो।

यस्तै, आयोगले  म्याचिङमा परेकाहरुले चैत्र ३१ गतेसम्ममा भर्ना गर्न समेत सुचित गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ