२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुले पीसीआर परीक्षण गर्न नपाउने

नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुले पीसीआर परीक्षण गर्न नपाउने


काठमाडौँ – सरकारले नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा कोभिड परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न निर्देशन दिएको हो।

मन्त्रालयले उक्त कार्यमा बन्देज नलगाउँदा संक्रमणको जोखिम बढिरहेको भन्दै उक्त निर्णय लिएको जनाएको छ।

नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमै बसोबास गरिरहेका विदेशी नागरिकको परिचय खुल्ने प्रमाणको आधारमा मात्रै पीसीआरको व्यवस्था गराउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार यदि यस विपरित कुनै पनि प्रयोगशालाले परीक्षण गराएको पाइएमा नियमानुसार कार्य कारवाही गरिने छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ