२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित

गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित


पोखरा-गण्डकी प्रदेशका ३ जना सांसदमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशका कांग्रेसबाट प्रतिनिधित्व गर्ने मनकुमारी गुरुङ, एमालेबाट प्रतिनिधित्व गर्ने राजीब पहारी र प्रभा कोइरालामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद पहारीले आफूमा कोरोना संक्रमण पुष्टि भएको आफ्नो सम्पर्कमा आएका अरुलाई पनि शीघ्र कोरोना परीक्षण गर्न र आवश्यक सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन् ।

मंगलबारको बैठकमा सांसद्को पिसिआर जाँच नगरीकन संसद चल्न नदिने भन्दै सदन अवरुद्ध पारेका थिए । कोरोना संक्रमण पुष्टि भएका राजीव पहारीले नै पिसिआर जाँचको माग गरेका थिए । सांसदबाहेक प्रदेश सभाका १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको बताइएको छ ।

यता, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ । बुधबार बागलुङ जिल्ला बागलुङ नगरपालिका ११ की ६१ वर्षीया १ महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।

यस्तै, गोरखा जिल्ला गोरखा नगरपालिका १४ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण भरतपुर अस्पताल चितवनमा ज्यान गएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ