गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव पदमराज भट्ट मंगलबार, २०७६ भदौ २४ गते, ०८:५६ मा प्रकाशित कञ्चनपुर–कञ्चनपुरको महाकाली अस्पतालमा डेंगुको परीक्षण गर्ने किटको अभाव देखिएको छ । स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो । ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगु परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगुका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ । अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपनि किटको अभावमा डेंगुको परीक्षण गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए । अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन् । जसमध्ये ७० प्रतिशत बढी ज्वरोका बिरामी छन् । ज्वरो आएका बिरामीको रगत किटबाट परीक्षण गरेपछि मात्रै डेंगु लागे नलागेको पहिचान हुने बताउँदै पहिलो चरणमै लक्षणबाट पहिचान गर्न नसकिने अवस्थीले बताए । उनले भारतसँग सीमा जोडिएको र दैनिक आवातजावत भइरहने भएकाले कञ्चनपुरमा पनि डेंगुको जोखिम रहेको बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने