गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव पदमराज भट्ट मंगलवार, २०७६ भदौ २४ गते, ०८:५६ मा प्रकाशित कञ्चनपुर–कञ्चनपुरको महाकाली अस्पतालमा डेंगुको परीक्षण गर्ने किटको अभाव देखिएको छ । स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो । ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगु परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगुका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ । अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपनि किटको अभावमा डेंगुको परीक्षण गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए । अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन् । जसमध्ये ७० प्रतिशत बढी ज्वरोका बिरामी छन् । ज्वरो आएका बिरामीको रगत किटबाट परीक्षण गरेपछि मात्रै डेंगु लागे नलागेको पहिचान हुने बताउँदै पहिलो चरणमै लक्षणबाट पहिचान गर्न नसकिने अवस्थीले बताए । उनले भारतसँग सीमा जोडिएको र दैनिक आवातजावत भइरहने भएकाले कञ्चनपुरमा पनि डेंगुको जोखिम रहेको बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ