२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख

पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्टका लागि ५ करोड ८३ लाख


काठमाडौं-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेल्धुरा अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख रुपैयाँ पाउने भएका छन् ।

शुक्रबार पुनः नियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गर्दै पाटन, भेरी र डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

यससँगै पाटन, भेरी र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट सुनिश्चित भएको छ । अर्थमन्त्री पौडेलले शपथ ग्रहणलगतै पदभार गर्ने क्रममा पहिलो निर्णयमा तीन अस्पताललाई ५ करोड ८३ लाख २४ हजार उपलबध गराउने निर्णय हस्ताक्षर गरेका हुन् ।

यतिबेला कोभिड-१९ को दोस्रो लहर बढेसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार सुरु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ