२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशीको कोभिड युनिटमा सहयोग जुटदै, हिसान मोरङद्धारा पाँच लाखको स्वास्थ्य सामाग्री वितरण

कोशीको कोभिड युनिटमा सहयोग जुटदै, हिसान मोरङद्धारा पाँच लाखको स्वास्थ्य सामाग्री वितरण


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ युनिटलाई मनकारी संघसंस्थाहरूको सहयोग जुटने क्रममा बढेको छ । भेन्टिलेटर र आईसीयूसहितको ६२ शैय्याको कोभिड–१९ संक्रमितको उपचार गर्ने कोशी अस्पताल भित्र छुट्टै भवनमा कोभिड युनिट संचालनमा ल्याएपछि मनकारी संघसंस्थाहरूले स्वास्थ्य सामाग्री सहयोग गर्न थालेका हुन् ।

कोभिड युनिट संचालनमा आएको दुई दिन बित्न नपाउँदै कोभिड–१९ संक्रमितले अस्पतालको शैय्या भरिएको छ । तर, यहाँ पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर छैनन् । त्यही भएर मनकारी संघसंस्थाहरूको सहयोग आउने क्रम बढेको छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले कोशी अस्पतालको कोभिड–१९ युनिटलाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ ।

कोभिड–१९ महामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै हिसान मोरङले सोमबार कोशी कोभिड १९ युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अस्पताललाई आवश्यक पर्ने अक्सिजन, त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई पीपीई र सेनिटाइजरलगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

हिसान मोरङमा आवद्ध विराटनगरका एक दर्जन बढी कलेजले आर्थिक रकम जुटाएर ३० थान अक्सिजन सिलिन्डर, २ हजार थान सर्जिकल माक्स १०१ थान पीपीई सेट, १ सय लिटर सेनिटाइजरलगायत ५ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलगायत हिसान मोरङका पदाधिकारीहरुको सहभागिता रहेको थियो । हिसानले अस्पतालका मेसु दासलाई सामान हस्तान्तरण गरेको थियो ।

अस्पताललाई मनकारी संघसंस्थाहरुको सहयोग आउने क्रमम जारी रहेको कोशी अस्पतालका मेसु दासले जानकारी दिए । ‘अहिले अस्पतालमा पर्याप्त अक्सिजन सिलिण्डर छैन । सबै तिरबाट सहयोग आइरहेको छ,’ उनले भने, ‘अहिले २७९ वटा अक्सिजन सिलेण्डर पुग्ेको छ । हामीलाई ३ सय ५० थान अक्सिजन सिलिण्डर आवश्यक पर्दछ ।’ उनले अझै ७० देखि ८० वटा अक्सिजन सिलिण्डर आवश्यक पर्ने जानकारी दिए ।

हस्पिटललाई यसअघि विराटनगर महानगरपालिकाले ३० थान, मारुती उद्योगले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कोशीको कोभिड युनिटमा मंगलबारसम्मा ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ