२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णयको गोदानद्वारा स्वागत

वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णयको गोदानद्वारा स्वागत


काठमाडौं–सरकारी चिकित्सक संघ (गोदान)ले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णयको स्वागत गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालमा परिणत गरेर नेतृत्वमा ११ औं तहको सरकारी चिकित्सकलाई चयन गरेको भन्दैं स्वागत गरेको छ ।

संघले वीर अस्पताल मुलुकै जेठो अस्पतालका रुपमा रहेको भन्दैं सदैव नतिजामुखी अस्पताल सञ्चालन गर्नका लागि यस व्यवस्थालाई स्थायी रुपमा दिन माग गरेको छ । ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि.वि.रा.प्र.) ऐन, २०६३ लाई संशोधन गरी वीर अस्पताललाई नेपाल सरकारको केन्द्रीय अस्पतालका रुपमा कायम राख्ने र चि.वि.रा.प्र.लाई अस्पतालबाट अलग स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकसित गर्ने भन्ने यस संघको सधैंको माग पनि रहिआएको छ,‘ संघका अध्यक्ष डा. रविन खड्का र  महासचिव डा. कीर्तिपाल सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, संघले राज्यको स्वास्थ्य उपचार केन्द्रको प्रमुखजस्तो पदमा स्वास्थ्य प्रणाली, उपचार पद्धति, सिद्धान्त आदिको ज्ञान र अनुभव नै नभएका गैर चिकित्सक अधिकारीको व्यवस्था हाँस्यास्पद र अव्यवहारिक हुने भन्दैं सो व्यवस्थालाई संशोधन गरी सरकारको ११ औं तहको चिकित्सक नै हुने व्यवस्था गर्न माग समेत गरेको छ ।

सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ