२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य संकटकाल लगाउने तयारीमा छौँ : प्रधानमन्त्री ओली

स्वास्थ्य संकटकाल लगाउने तयारीमा छौँ : प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य संकटकाल लगाउने तयारी रहेको बताएका छन् । शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै उनले कोभिड-१९ नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी भैरहेको बताएका हुन्।

‘आवश्यक परेको खण्डमा स्वास्थ्य संकटकाल लगाउने व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा सबै नागरिकको लागि खोपको प्रबन्ध गर्ने जनाए ।  उनले सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए।

त्यस्तै, प्रधानमन्त्री ओलीले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि आक्रमणमाथि कडा कारबाही गरिने समेत उल्लेख गरे।

कोभिड-१९ को उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएको बताउँदैं प्रधानमन्त्रीले कोभिडको नि:शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता उल्लेख गरे। महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको संख्या ३२७ बाट ९०४, आईसीयु बेड २६०० बाट ३००० पुर्याइएको उनको भनाइ थियो ।

‘अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट (एचडियु) थप भएका छन्। ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिट्टै  १८० भेन्टिलेटर, ६३० आईसीयु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिनेछन्, ‘ प्रधानमन्त्रीले भने।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ