२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी व्यवसायी संघ मोरङद्धारा बिरामीलाई निःशुल्क सिटामोल वितरण

औषधी व्यवसायी संघ मोरङद्धारा बिरामीलाई निःशुल्क सिटामोल वितरण


विराटनगर – ज्वरो र टाउको दुख्दा खाने ‘प्यारासिटामोल’ औषधी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले बिरामीलाई निःशुल्क वितरण गर्न थालेको छ । विराटनगरसहित प्रदेश १ मा प्यारासिटामोल औषधी चरम अभाव भएर विरामीहरू भौतारिरहेको बेला संघले आवश्यक पर्ने विरामीलाई फार्मेशीमार्फत निःशुल्क औषधी बाढन थालेको हो ।

सिटामोल आभाव भइरहेको बेला संघले आफ्ना सदस्य रहेको औषधी पसलमार्फत आवश्यक पर्ने बिरामीहरूलाई चिकित्सकले सिफारिस गरेअनुसार ज्वरो र टाउको दुखाइको बेला खाने सिटामोल वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

आवश्यक पर्ने बिरामीलाई निःशुल्क सिटामोल वितरण गर्न संघले सोमबार विराटनगर महानगरपालिकाभित्रको १० वटा औषधी पसलमा सिटामोल बाढेको छ । ‘औषधी अभाव भइरहेको बेला सामाजिक उत्तरदायित्व अन्र्गतर रहेर हामीले आफ्ना सदस्य रहेको औषधी पसलमार्फत बिरामीलाई निःशुल्क सिटामोल बितरण गरेका छौं,’ संघका प्रवक्ता ढकालले भने, ‘पहिलो चरणमा विराटनगरको अस्पताल अगाडीको फार्मेसीहरूमा सिटामोल दिएका छौं । हामीले बाढेको सिटामोल औषधी पसलहरूले आवश्यक पर्ने विरामीलाई निःशुल्क दिनेछन् ।’

संघले विराटनगरको रानीस्थित न्यू आन्नद मेडिकल हलमा, न्यूरो अगाडीको सृष्टि मेडिकल हल, हस्पिटल चौकमा रहेको रामकृष्ण फार्मेसी, विराट नर्सिङ्ग ओम अगाडीको जनहित फार्मेसी, पुष्पलालचौकस्थित डिआर फार्मेसीमा ५ सय पिस सिटामोल वितरण गरेको छ ।

यसैगरि, बुढीगंगास्थित विराट मेडिकल कलेज अगाडीको सुप्रिया औषधी पसल, नोबले अगाडीको संस्कृति फार्मेसी, तीनपैनीचौकस्थित जुगनु फार्मेशी र हाटखोला चौकस्थित सुजन फार्मेसीमा संघले सिटामोल दिएको हो । संघले दिएको यी फार्मेसीदेखि आवश्यक पर्ने बिरामीलाई निःशुल्क सिटामोल लिन पनि आग्रह गरेको छ ।

‘अहिले सिटामोल नपाएर बिरामीका आफन्तहरू भौतारिरहेका छन्,’ संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले भनिन्, ‘हामीले केही औषधी जोहो गरेर सामाजिक उतरदायित्वअन्तर्गत विरामीलाई निःशुल्क सिटामोल बाढन औषधी पसललाइ दिएका हौं ।’ बिरामीको आवश्यकता अनुसार सिटामोल थप पनि गरिने संघले जनाएको छ । विराटनगरपछि मंगलबार मोरङको अन्य ठाउँमा रहेका फार्मेसी मार्फत बिरामीलाई सिटामोल वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

विराटनगरका दशवटा फार्मेसीहरुमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष तथा प्रवक्ता ढकाल, सचिब हरिराज रेग्मी, सदस्यहहरूमा प्रकाश धिमाल र सरिता चौधरी उपस्थित भएर सिटामोल वितरण गरेका थिए ।

विराटनगरसहित प्रदेश १ मा केही दिनयता प्यारासिटामोलको चरम अभाव देखिएको छ । लागत मूल्य पनि नउठने भन्दै औषधी उत्पादन गर्ने कम्पनीले पर्याप्त मात्रमा उत्पादन नगर्दा सिटामोल अभाव देखिएको हो । यसअघि संघले फ्रन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी र संचारकर्मीहरूलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ