२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या

हुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या


जुम्ला–हुम्लाको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरो फैलिएको छ । केही दिनयता गाउँमा ज्वरो र रूघाखोकीका बिरामी बढ्दै गएपनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको स्थानीय अकवीर टमटाले बताए ।

सिटामोल समेत समयमै नपाउनुका साथै ज्येष्ठ नागरिक बिरामी हुँदा थप समस्या भएको र उपचार गर्न लैजान पनि गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘३० घरधुरी रहेको गाउँमा हाल करिब २५ जना स्थानीय बिरामी परेका छन् ।’

गाउँपालिकाका स्वास्थ्य संयोजक हंंश महताराले गल्फागाड गाउँमा बिरामी भएको खबरबारे जानकारी नआएको र खबर आएको खण्डमा स्वास्थ्यकर्मी पठाउने बताए


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ