२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या

हुम्लाको गल्फागाड गाउँमा फैलियो भाइरल ज्वरो, सिटामोल पाउनै समस्या


जुम्ला–हुम्लाको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरो फैलिएको छ । केही दिनयता गाउँमा ज्वरो र रूघाखोकीका बिरामी बढ्दै गएपनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको स्थानीय अकवीर टमटाले बताए ।

सिटामोल समेत समयमै नपाउनुका साथै ज्येष्ठ नागरिक बिरामी हुँदा थप समस्या भएको र उपचार गर्न लैजान पनि गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘३० घरधुरी रहेको गाउँमा हाल करिब २५ जना स्थानीय बिरामी परेका छन् ।’

गाउँपालिकाका स्वास्थ्य संयोजक हंंश महताराले गल्फागाड गाउँमा बिरामी भएको खबरबारे जानकारी नआएको र खबर आएको खण्डमा स्वास्थ्यकर्मी पठाउने बताए


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ