२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्सामा निषेधाज्ञा थपियो, भिडभाड हुने कार्यक्रम संचालनमा रोक कायमै

पर्सामा निषेधाज्ञा थपियो, भिडभाड हुने कार्यक्रम संचालनमा रोक कायमै


जनकपुर—पर्सामा निषेधाज्ञा एक साता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेकाअनुसार सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, जिमखानालगायतका भिडभाड हुने स्थानहरुलाई अर्को निर्णय नहुँदासम्मका लागि बन्द हुनेछन् ।

आइतबार जारी आदेशअनुसार शैक्षिक संस्थाहरु, विद्यालय, कलेज, ट्युसन सेन्टर आदिलाई पनि हाललाई बन्द राख्ने आदेशमा उल्लेख छ । पर्सा भारतसँग सीमा जोडिएको जिल्ला भएपनि वीरगंज रक्सौलमा रहेको इनर्वा नाकाबाहेक अन्य कुनै नाकाबाट ब्यक्तिको आवागमन नहुने, सीमा वारपार गर्न नपाइने पसार्का प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदशेमा उल्लेख छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठकले १६ बैशाखदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

यस्तै, स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ । केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने तर लामो दूरीका यात्रुबाहक सवारी संचालनमा लगाइएको रोक भने कायमै छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घर बाहिर निस्कँदा एवं सार्वजनिकस्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, व्यक्ति–व्यक्तिका बीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न र भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ