२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा निषेधाज्ञा थपियो, भिडभाड हुने कार्यक्रम संचालनमा रोक कायमै

पर्सामा निषेधाज्ञा थपियो, भिडभाड हुने कार्यक्रम संचालनमा रोक कायमै


जनकपुर—पर्सामा निषेधाज्ञा एक साता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेकाअनुसार सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, जिमखानालगायतका भिडभाड हुने स्थानहरुलाई अर्को निर्णय नहुँदासम्मका लागि बन्द हुनेछन् ।

आइतबार जारी आदेशअनुसार शैक्षिक संस्थाहरु, विद्यालय, कलेज, ट्युसन सेन्टर आदिलाई पनि हाललाई बन्द राख्ने आदेशमा उल्लेख छ । पर्सा भारतसँग सीमा जोडिएको जिल्ला भएपनि वीरगंज रक्सौलमा रहेको इनर्वा नाकाबाहेक अन्य कुनै नाकाबाट ब्यक्तिको आवागमन नहुने, सीमा वारपार गर्न नपाइने पसार्का प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदशेमा उल्लेख छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठकले १६ बैशाखदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

यस्तै, स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ । केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने तर लामो दूरीका यात्रुबाहक सवारी संचालनमा लगाइएको रोक भने कायमै छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घर बाहिर निस्कँदा एवं सार्वजनिकस्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, व्यक्ति–व्यक्तिका बीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न र भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ