२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अत्याधिक वर्कआउट गर्दा मुटुसम्बन्धि समस्या बढ्ने : अध्ययन

अत्याधिक वर्कआउट गर्दा मुटुसम्बन्धि समस्या बढ्ने : अध्ययन


शारीरिक व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने हामी सबैलाई थाहाँ छ। र, अहिले व्यायाम गर्नका लागि धेरै प्रकारका कसरतहरु उपलब्ध छन्। हामीले रोजेअनुसारको व्यायाम गर्न सक्छौं। तर, अत्याधिक कसरत गर्दा भने हाम्रो शरीरलाई हानि पनि गर्न सक्ने एक अध्ययनले देखाएको छ।

यूरो कपको म्याच चल्दै गर्दा डेनमार्कका फुटबल खेलाडी क्रिश्चियन एरिक्सनलाई कार्डिएक अरेस्ट भएको थियो। एक अर्का खेलाडीलाई पनि केहि समय अघि हार्ट स्टार्टिंग डिभाइस लगाउन परेको थियो।

यदि तपाई पनि ती व्यक्तिमा पर्नु हुन्छ जो अत्याधिक मात्रामा शारीरिक व्यायाम गर्दा शरीरलाई फाइदा गर्छ भने सोच राख्नु हुन्छ भने सचेत हौँ। अनुसन्धानकर्ताले दावी गरेका छन् कि जरुरतभन्दा बढी व्यायाम गर्नाले मुटुसम्बन्धित गम्भीर समस्याको खतरा झनै बढ्ने गर्छ। ७० हजार मानिसमा गरिएको सर्वेक्षणपछि अनुसान्धानकर्ताले उक्त दावी गरेका हुन्।

सर्वेक्षण गरिएको मध्ये ६३ हजार सामान्य व्यक्ति र बाँकी एथलीट वा खेल प्रतियोगितामा भाग लिने खेलाडीहरु थिए। ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यस अध्ययनमा दावी गरिएको छ कि सामान्य मानिसको तुलनामा एथेलेटिक एट्रियल फिब्रिलेशन (मुटुको धड़कन अनियमित हुने) समस्या देखिने आशंका २.५ गुणा ज्यादा सम्भावना हुन्छ। स्ट्रोक र हार्ट फेलियरको कारण बन्न सक्छ।

५५ वर्ष र त्यसभन्दा कम उमेरका युवा खेलाडीहरुमा यो खतरा बढी हुन्छ। किनकी सामान्य मानिसको तुलनामा उनीहरुमा एट्रियल फिब्रिलेशनको जोखिम ३.६ गुणा अधिक हुन्छ। यो समस्या वृद्धवृद्धामा बढी देखिन्छ। तर, अहिले भने युवामा पनि यो समस्या तीव्ररुपमा बढिरहेको छ।

अध्ययनका प्रमुख लेखक र क्यान्टबरी क्राइस्टचर्च यूनिभर्सिटीमा विशेषज्ञ डा . जेमी ओंड्रिस्कोलका अनुसार अध्ययन निश्चित सिमासम्म मात्र वर्कआउट उचित हुन्छ। शारीरिक गतिविधिले मुटुको स्वास्थ्य सुधार गर्ने गर्छ। साथै उच्च रक्तचाप, मोटोपना र हाइ कोलेस्ट्रोलको खतरा घट्ने गर्छ। यसले मुटुको समस्याबाट मृत्यु हुने सम्भावना काफी हदसम्म घट्ने गर्छ।

  • प्रो.सन्दिप मिश्रा, हार्ट स्पेशलिस्टका अनुसार एक स्वस्थ वयस्कले दैनिक ५ किलोमिटर हिड्नु पर्दछ। सातामा ५ दिन ४० मिनेटसम्म वर्कआउट गर्न सकिन्छ। वर्कआउटपछि अधिकतम हार्ट रेट ६०% हुनुपर्दछ। ३० वर्षका उमेर समूहले वर्कआउट पछि हार्टरेट २२०-३०=१९०को ६० प्रतिशत अर्थात १ सय १४ हुनुपर्छ। यदि ८५%सम्म हार्ट रेट हासिल हुने गर्छ। यदि कुनै समस्या देखिएको छैन र ईसीजीमा परिवर्तन पनि आइएको छैन भने मुटु स्वस्थ रहेको मानिन्छ।

स्रोत : भास्करडटकम र हेल्थ क्लेभेल्याण्डक्लिनिक अर्गनाइजेसन 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य
ट्याग : #extreme workout cause heart risk, #मुटुसम्बन्धि समस्या, #शारीरिक व्यायाम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ