गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन चन्द्रा कँडेल शुक्रबार, २०७८ साउन २२ गते, १७:५६ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधै खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् । शुक्रबार प्रदेश अस्पतालको निरीक्षणका क्रममा उनले बिरामीको उचित उपचार गर्न र सेवाग्राहीलाई खुसी पार्ने गरी काम गर्न अस्पताललाई निर्देशन दिएका हुन्। तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीको जोड छ । उनका अनुसार प्रर्देश अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन पर्नेमा उनले जोड दिएका हुन् । बजेट कम भएको खण्डमा प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार रहेको समेत मुख्यमन्त्री शाहीको भनाई छ । कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको उनले जानकारी गराए । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग