२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ विराट मेडिकल कलेजको मुटु रोगका बिरामीलाई तीन दिने ‘स्पेशल कार्डियो प्याकेज’

विराट मेडिकल कलेजको मुटु रोगका बिरामीलाई तीन दिने ‘स्पेशल कार्डियो प्याकेज’


विराटनगर—विश्व मुटुरोग दिवसको अवसरमा विराट मेडिकल कलेज विराटनगरले स्पेशल कार्डियो प्याकेज सेवा मुटु रोगका बिरामीलाई उपलब्ध गराउने भएको छ । मेडिकल कलेजले विश्व मुटुरोग दिवसको अवसर पारेर १३, १४ र १५ गते विशेष कार्डियो प्याकेज सेवा दिन लागेको हो ।

१३ असोजमा विश्व मुटु रोग दिवस मनाइदैं आएको छ । सोही अवसर पारेर विराटले तीन दिन कार्डियो प्याकेज उपलब्ध गराउने भएको हो ।

स्पेशल कार्डियो प्याकेज ३ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउनेछ । जुन प्याकेजमा सिबीसी, आरएफटी, टीएफटी, आरबीएस, इसिजी, इको, युरिन रेमी, लिपिड प्रोफाइल परीक्षण रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ