२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८९ वर्ष पुग्यो शुक्रराज सरुवा रोग अस्पताल, मन्त्री भन्छन्, ‘अस्पताल ५०० शैय्यामा पुर्‍याउनुपर्नेछ’

८९ वर्ष पुग्यो शुक्रराज सरुवा रोग अस्पताल, मन्त्री भन्छन्, ‘अस्पताल ५०० शैय्यामा पुर्‍याउनुपर्नेछ’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई चाडै ३ सय शैय्याको अस्पतालमा विस्तार गरिने बताएका छन् । मंगलबार अस्पतालको ८९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दैं मन्त्री गिरीले विस्तारै अस्पतालको क्षमता बढाउँदैं लगेर ५ सय शैय्यामा पुर्‍याउनुपर्ने बताए ।

‘आज यो १०० बेड संचालनमा छ । अब पुराना संरचना भत्काउँदैं छौं र नयाँ संरचना बन्नेछ,’ उनले भने, ‘अब ३ सय बेडको अस्पताल हामी यही ठाउँमा स्थापना गर्छौ । यो खुसीको कुरा हो ।’ उनले ३ सय शैय्या पनि पर्याप्त नभएकाले यसलाई बढाएर कम्तिमा पनि ५०० शैय्या पुर्‍याउनुपर्ने बताए ।

‘त्यसका केही लिमिटेसनहरु छन्, केही समय लाग्ला,’ उनले थपे, ‘तर, यो बीचमा यहाँको उपयुक्त स्थानमा बिरामीको उपचारको प्रबन्ध गर्ने गरी व्यवस्था गर्नेछ ।’ उनले बिरामीलाई सेवा दिनका लागि अस्थायी संरचना बनाएर काम गर्नुपर्ने बताए । मन्त्री गिरीले त्यसका लागि आवश्यक पर्ने ठाउँमा मन्त्रालयले सहयोग गर्ने आश्वासन समेत दिए ।

उनले महान शहीदको नाममा स्थापना भएको अस्पतालको ऐतिहासिक ८९ औं वार्षिकोत्सवमा सहभागी हुन पाएकोमा पनि खुसी व्यक्त गरे । उनले कोभिड—१९ को महामारीका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको पनि तारिफ गरे ।

‘कोभिडको रोकथाम र उपचारमा जुन तरिकाले तपाईंहरु होमिनुभयो र त्यो अग्नीपरीक्षामा आफूलाई खरो उतार्न सफल हुनुभयो,’ उनले भने, ‘म त्यो भूमिका लागि कृतज्ञता व्यक्त गर्छु र धन्यवाद दिन्छु ।’ उनले कहिल्यै हिम्मत नहारेर कठिनतालाई अवसरमा बदलेको भन्दैं स्वास्थ्यकर्मीहरुले गर्वयोग्य काम गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ