२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ डाक्टरको सल्लाहबिना २५ वर्ष सिटामोल खाएपछि अस्पताल भर्ना

डाक्टरको सल्लाहबिना २५ वर्ष सिटामोल खाएपछि अस्पताल भर्ना


केही मानिसहरु डा्रक्टर कहाँ नगई आफैँ औषधि खाने गर्छन् । त्यसमा पनि विशेषतः पारासिटामोल चिकित्सकको सल्लाहबिनै लिइने गरिन्छ । यो चक्की दुखाइ, ज्वरो, दाँतको दुखाइ, टाउको दुखाइ, रुघा तथा ज्वरोको उपचारको लागि प्रयोग गरिन्छ ।

जापानको एक ७७ वर्षका वृद्धले लगातार २५ वर्ष पारासिटामोलको सेवन गरेका छन् । आफ्नो टाउकोको दुखाइका लागि उक्त औषधि लिइरहेको उनी त्यसकै लत लागेपछि ओभरडोजका कारण अस्पताल भर्ना भएका छन् । उनलाई निमोनिया भएको छ ।

पारासिटामोल एक सुरक्षित औषधि हो तर यसलाई लगातार रुपमा ३ दिनभन्दा बढी खानुहुँदैन । जुलाई २०२१ मा थकान र सुख्खा खोकी भएपछि उक्त बिरामी अस्पतालमा गएका थिए । उनी त्यसबाट नै गत ५ वर्षदेखि संक्रमित थिए । जर्नल अफ मेडिकल केस रिपोर्टमा डाक्टरहरुले पेनकिलर नखान भन्दै एन्टीबायोटिक लिन सुझाएका थिए र त्यो दिएका थिए ।

निमोनिया ब्याक्टेरिया र भाइरसका कारण फोक्सोमा हुने गर्दछ । यो कुनै पनि उमेरसमुहका मानिसलाई लाग्न सक्छ । विशेषतः वृद्ध र बच्चामा यो धेरै लाग्ने गर्दछ ।

उक्त वृद्धलाई एन्टीबायोटिक दिएपछि उनको समस्या कम भएको थियो तर फेरी २०२२ को जनावरीमा रुघा लागेपछि उनले पुनः पेनकिलर लिन थाले । त्यसको एक महिनापछि उनी जटिल निमोनिया लिएर अस्पताल पुगे । उनको खोकी झनै भयानक भएको थियो । त्यसै बेलाको उपचारमा डाक्टरले उक्त वृद्धलाई पारासिटामोलका कारण निमोनिया भएका पत्ता लगाए ।

त्यसपछि उनलाई उनको अवस्थामा सुधार नभइन्जेल औषधि नलिन सुझाव दिइयो । यद्यपि पारासिटामोलको ओभरडोजका कारण उनको फोक्सोको क्षमता पूर्ण रुपमा राम्रो हुन सकेन साथै उनको मुटुको अवस्थामा निको नहुने रोग पनि लाग्यो ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ