२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यअर्थोपेडिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा पाँच जिल्लाका विपन्नले लिए सेवा

अर्थोपेडिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा पाँच जिल्लाका विपन्नले लिए सेवा


वीरेन्द्रनगर—कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच जिल्लाका विपन्न नागरिकले सेवा पाएका हुन् ।

शिविरमा दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका एक हजार २३१ जनाले निःशुल्क परीक्षण तथा ७५ जनाले निःशुल्क अप्रेसन सेवा पाएको विशेषज्ञ डा. मूर्ति तिमिल्सेनाले बताए ।

‘शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका ६ जना विशेषज्ञ डाक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको छ,’ उनले भने, ‘नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले उपचार सेवा प्रदान गरेको हो ।’

आर्थिक अभावमा काठमाडौंसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै निःशुल्क शिविर आयोजना गरिएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए ।

‘शिविरमा आर्थिक अभावले काठमाडौं जान नसकेका बिरामीले जिल्लामै विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क अप्रेसन सुविधा प्राप्त गरेका छन् ।’ उनले भने,‘यो सेवा पाउनु यहाँका नागरिकका लागि गौरवको विषय हो,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ