२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सशस्त्र प्रहरी बल अस्पतालः आम्दानी ८७ लाख ३७ हजार, ४५ करोड ५२ लाख खर्च

सशस्त्र प्रहरी बल अस्पतालः आम्दानी ८७ लाख ३७ हजार, ४५ करोड ५२ लाख खर्च


काठमाडौं—सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको खर्च निकै घाटा रहेको पाइएको छ । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले अस्पताल सम्बन्धी स्पष्ट नीतिगत तथा कानुनी दिगो रुपमा अस्पताल संचालन व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदनअनुसार अस्पतालले यो वर्ष चालु तथा पुजीगत बजेटमा ४५ करोड ५२ लाख ९३ हजार खर्च गरेको देखिन्छ । उक्त रकम अस्पतालले प्रत्येक वर्ष पारिश्रमिक, औषधि खरिद र उपकरण खरिदलगायतमा खर्च गर्ने गरेको छ ।

अस्पतालले यो वर्ष सिटी स्क्यान, प्रयोगशाला परीक्षण, बिरामी भर्नालगायतबाट ८७ लाख ३७ हजार आम्दानी गरेको छ ।
अस्पताल संचालन तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यलयले ११ सदस्सीय अस्पताल संचालक समिति गठन गर्ने गरेको छ ।

त्यसबाहेक अस्पताल सम्बन्धि छुट्टै नीतिगत व्यवस्था नरहेको भन्दैं महालेखाले नीतिगत व्यवस्था गरी अस्पताललाई दिगो रुपमा संचालन गर्न भनेको छ ।

यस्तै, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुले ३ लाख ४४ हजार डलर मुल्य बराबरको सिटी स्क्यान मेसिन एउटा र २७ लाख ७५ हजार रुपैयाँ बराबरको रक्तचाप मनिटरिङलगायतका ६ प्रकारका उपकरण प्रयोगबिहीन अवस्थामा रहेको जनाएको छ ।

महालेखाले उक्त मेसिनको मर्मत सम्भार वा लिलामी बिक्री गरेर उचित व्यस्थापन गर्नसमेत भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ