२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर अस्पतालद्वारा छैटौं वार्षिकोत्सवको अवसरमा ‘वाकथन’

नेपाल क्यान्सर अस्पतालद्वारा छैटौं वार्षिकोत्सवको अवसरमा ‘वाकथन’


काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले छैटौ वार्षिकोत्सवको अवसरमा ‘वाकथन’को आयोजना गरेको छ । शनिबार ललितपुरमा क्यान्सर विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ अस्पतालले वाकथन आयोजना गरेको थियो ।

बाजागाजासहित लगनखेलबाट सुरु भएको वाकथन मंगलबजार, गबहाल, पुल्चोक हुँदैं जावालाखेल पुगेर समापन भएको थियो ।

वाकथनमा नेपाल क्यान्सर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु, नेपाल क्यान्सर सपोर्ट समूहका सदस्यहरु र अन्य आमसर्वसाधारण सहभागी रहेका थिए ।

वाकथन क्यान्सर सम्बन्धि सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकोलोजिष्ठ डा. सुदीप श्रेष्ठ बताए । उनले क्यान्सरबारे जनमानसमा रहेका भ्रमहरु कम गर्दै लैजानका लागि यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता औल्याए ।

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने नाराका साथ ६ वर्षअधि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो । २० जेठमा अस्पतालले आफ्नो छैटौ वार्षिकोत्सव मनाउँदैंछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ