गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन हेल्थ आवाज बिहीबार, २०८० जेठ २५ गते, ११:१० मा प्रकाशित काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. रामकेवल साहको उपचारको क्रममा निधन भएको छ । बिहीबार विहान दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा डा. साहको निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित प्रा.डा. साह दुई महिनादेखि दिल्लीमा उपचार गराइरहेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा अंकुर साहले उपकुलपति साहको उपचारकै क्रममा बिहिवार बिहान मृत्यु भएको जानकारी पाएको बताए । ‘दुई महिनादेखि दिल्लीमा उपचाररत हुनुहुन्थ्यो,’ शिक्षाध्यक्ष साहले भने, ‘बीचमा एक हप्ताको लागि आउनुभएको थियो । आज बिहान स्वर्गारोहण भयो भन्ने खबर आयो ।’ लामो समय काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल मेडिकल कलेज अत्तरखेलमा हाडजोर्नी विभागको प्राध्यापकको रुपमा काम गरेका साहलाई मधेश प्रदेश सरकारले २०७७ फागुनमा उपकुलपति नियुक्ति गरेको थियो । उपकुलपति प्रा.डा. साहका दुई छोरा र श्रीमती रहेका छन् । डा. साहको पारिवारिक स्रोतकाअनुसार दाहसंस्कारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते