गृहपृष्ठ ∕ प्रदेश २ ∕ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन हेल्थ आवाज बिहीबार, २०८० जेठ २५ गते, ११:१० मा प्रकाशित काठमाडौं—मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. रामकेवल साहको उपचारको क्रममा निधन भएको छ । बिहीबार विहान दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा डा. साहको निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित प्रा.डा. साह दुई महिनादेखि दिल्लीमा उपचार गराइरहेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा अंकुर साहले उपकुलपति साहको उपचारकै क्रममा बिहिवार बिहान मृत्यु भएको जानकारी पाएको बताए । ‘दुई महिनादेखि दिल्लीमा उपचाररत हुनुहुन्थ्यो,’ शिक्षाध्यक्ष साहले भने, ‘बीचमा एक हप्ताको लागि आउनुभएको थियो । आज बिहान स्वर्गारोहण भयो भन्ने खबर आयो ।’ लामो समय काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल मेडिकल कलेज अत्तरखेलमा हाडजोर्नी विभागको प्राध्यापकको रुपमा काम गरेका साहलाई मधेश प्रदेश सरकारले २०७७ फागुनमा उपकुलपति नियुक्ति गरेको थियो । उपकुलपति प्रा.डा. साहका दुई छोरा र श्रीमती रहेका छन् । डा. साहको पारिवारिक स्रोतकाअनुसार दाहसंस्कारका लागि जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान