गृहपृष्ठ ∕ अन्य ∕ प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण हेल्थ आवाज सोमबार, २०८० जेठ २९ गते, १९:०५ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगीनी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार आदरणीय आमा सीता दाहालको नियमित स्वास्थ्य परिक्षणको लागि उहाँलाई थापाथलीमा ल्याइएको छ,’ मल्लले फेसबुकमा लेखेका छन्, ‘ ‘सम्माननीय प्रधानमन्त्रीज्यूका निजी चिकित्सक प्रा.डा. युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरिरहनु भएको छ।’ सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित छन् । उनको देशबाहिरका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार आउन सकेको छैन । नर्भिकमा प्रधानमन्त्री दाहालले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको मल्लले जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा