२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण

प्रधानमन्त्री दाहाल पत्नी सीताको नर्भिकमा स्वास्थ्य परीक्षण


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगीनी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार आदरणीय आमा सीता दाहालको नियमित स्वास्थ्य परिक्षणको लागि उहाँलाई थापाथलीमा ल्याइएको छ,’ मल्लले फेसबुकमा लेखेका छन्, ‘ ‘सम्माननीय प्रधानमन्त्रीज्यूका निजी चिकित्सक प्रा.डा. युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरिरहनु भएको छ।’

सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित छन् । उनको देशबाहिरका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

नर्भिकमा प्रधानमन्त्री दाहालले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको मल्लले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ