गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन हेल्थ आवाज बुधबार, २०८० असार ६ गते, १७:४७ मा प्रकाशित धुलिखेल—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । बुधबार उनले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रको चौकोटमा संचालनमा ल्याएको योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेका हुन् । काठमाडौं विश्वविद्यालयले यही वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगिक साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुँदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रशसनीय रहेको उनको भनाइ थियो । ‘योगको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही