गृहपृष्ठ ∕ प्रदेश १ ∕ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ हेल्थ आवाज मंगलबार, २०८० साउन २३ गते, १८:१६ मा प्रकाशित सांकेतिक तस्विर विराटनगर—एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका डा. महतोले विराटनगरस्थित यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डा. महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । डा. महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’