गृहपृष्ठ ∕ प्रदेश १ ∕ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ हेल्थ आवाज मंगलबार, २०८० साउन २३ गते, १८:१६ मा प्रकाशित सांकेतिक तस्विर विराटनगर—एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका डा. महतोले विराटनगरस्थित यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डा. महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । डा. महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी… म्याद गुज्रिएका औषधिको सोधभर्ना नभएको भन्दै कोशीमा ‘सिप्ला’का उत्पादन खरिदमा… मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत 'सकिएन' सार्वजनिक डडेल्धुरा अस्पतालले माग्यो १२ जना विशेषज्ञ चिकित्सकसहित १४ जना डाक्टर ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा