गृहपृष्ठ ∕ प्रदेश १ ∕ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ रक्सीले मातेर महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ हेल्थ आवाज मंगलबार, २०८० साउन २३ गते, १८:१६ मा प्रकाशित सांकेतिक तस्विर विराटनगर—एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका डा. महतोले विराटनगरस्थित यातायात सेवा कार्यालयमा आँखा जाँच गर्ने जिम्मेवारी पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डा. महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । डा. महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो । उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… औषधि नीति सुझाव समितिको प्रतिवेदन विरुद्ध ९ संघसंस्थाको विरोध राजस्व छलीमा मुछिएका विपिन झा १ करोड ५० लाख धरौटीमा… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री