गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) स्वास्थ्यमन्त्रीको १०० दिनको उत्सव मनाउन १ बजे नै मन्त्रालय खाली (फोटो फिचर) हेल्थ आवाज शुक्रवार, २०८० साउन २६ गते, १५:१३ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा मन्त्रालय नै खाली गरेर कर्मचारीहरु उत्सव मनाउन राष्ट्रिय सभा गृह पुगेका छन् । शुक्रबार तीन बजेसम्म कार्यलय समय रहेतापनि मन्त्रीको १०० दिने उत्सव मनाउनका लागि स्वास्थ्यका कर्मचारीहरु १ बजे नै मन्त्रालय खाली गरेर राष्ट्रियसभा गृह पुगेका हुन् । मन्त्री बस्नेतले परिपत्र नै जारी गरेर १०० दिनको उत्सव मनाउन स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य उपस्थितीका लागि उर्दी जारी गरेका थिए । उनले कर्मचारीलाई अनिवार्य सरकारी पोशाकमा र स्वास्थ्यकर्मी सेतो कोटमा आउन निर्देशन दिएका थिए । प्रचारमोहमा रमाइरहेका स्वास्थ्यमन्त्री बस्नेतले बेला—बेला स्टन्ट गरेर चर्चामा आउने गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकेर ठिमीतिर भनेझैं मन्त्रीले स्वास्थ्य मन्त्रालयमा १०० दिने हनिमुन पिरियडको उत्सव बनाउने नयाँ परम्परा स्थापित गर्न खोजेका छन् । यसलाई स्वास्थ्यकै कतिपय उच्च अधिकारी र कर्मचारीहरुले पनि आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाएर उनले १०० दिने उत्सव गरे । जसमा प्रधानमन्त्री दाहालले इन्र्जेटिक र डाइनामिक मन्त्री भन्दैं बस्नेतको प्रशंशाको पुल बाँधेर फुर्काए । तर, मन्त्रालयमा र अस्पतालहरुमा अवरुद्ध भएको सेवामा प्रवाहको उनलाई पनि रत्तिभर ख्याल भएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली