२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ पहेलो दाँतबाट छुटकारा पाउने घरेलु उपाय

पहेलो दाँतबाट छुटकारा पाउने घरेलु उपाय


दाँतलाई सही तरिकाले सफा नगर्दा, खाना खाएपछि कुल्ला नगर्दा, राती सुत्नुभन्दा अगाडि मुख कुल्ला नगर्दा र मुखलाई राम्रोसँग सफा नगर्दा दाँत खराब हुन थाल्छ । दाँतमा पहेलोपन आउन थाल्छ ।

पहेलो दाँतको कारण मानिसहरुको अगाडि खुलेर बोल्न पनि गाह्रो हुन्छ । यस्तोमा दाँतको सरसफाइमा विशेष ध्यान दिनु जरुरी हुन्छ । दाँत पहेलो देखिने समस्याबाट छुटकारा पाउन केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

१. पहेलो दाँतबाट छुटकारा पाउन स्टबेरी र नुनलाई मिलाएर ब्रस गर्नुहोस् । यसले दाँत राम्रोसँग सफा हुन्छ र दाँतमा चमक पनि बढ्छ ।

२. दाँत धेरै पहेलो भएको छ भने नरिवल तेल केही समयसम्म दाँतमा लगाउनुहोस् वा नरिवलको तेलले दाँत कुल्ला गर्नुहोस् । यसले दाँत र मुख स्वास्थ्य दुवै राम्रो हुन्छ ।

३. निमको डाठले दाँत माझ्दा पहेलो दाँतको लागि धेरै असरदार हुन्छ । यसको प्रयोग धेरै पहिलाबाट हुँदै आएको छ । दाँत राम्रो बनाउन ब्रसको सट्टा यसको प्रयोग गर्नुहोस् ।

४. एक चम्चा नुनमा कागतीको रस र तोरीको तेल मिसाएर पेस्ट बनाउनुहोस् र यसलाई प्रयोग गर्नुहोस् । यो घरेलु उपाय दाँतको पहेंलो तह सफा गर्न निकै उपयोगी छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ