२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ फार्मेसी परिषदद्वारा तीन संस्थालाई फार्मेसी सहायकको परीक्षामा सहभागी हुने अनुमति

फार्मेसी परिषदद्वारा तीन संस्थालाई फार्मेसी सहायकको परीक्षामा सहभागी हुने अनुमति


काठमाडौं– नेपाल फार्मेसी परिषद्ले तीनवटा संस्थालाई फार्मेसी सहायकको परीक्षमा सहभागी गराउने भएको छ । परिषद्ले शुक्रबार एक सूचना जारी गर्दै प्रथम बर्ष सञ्चाल स्वीकृति भएका तर मान्यता प्रक्रिया पुरा नगरेका तीन वटा संस्थालाई परीक्षामा सहभागी हुन स–सर्त अनुमति दिएको हो ।

परिषद्को २३ औ नाम दर्ता परीक्षाका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका विद्यार्थीलाई आवेदनहरु प्रमाणीकरण गरि परीक्षामा सहभागी हुन परिषदले आग्रह गरेको छ ।

परिषद्मा कुल स्वीकृत आवेदनको संख्या २०८०, स्वीकृत आवेदन १९८५ र सशर्त स्वीकृत ९५ रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ