२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा

घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा


काठमाडौं—भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुसको चेक र नगदसहित अख्तियारको फन्दामा परेकी छन् ।

आइतबार भरतपुर महानगरपालिका—४ कटहर चोकबाट घुसका नगद र एक वटा चेकसहित अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियारले घुस लिएको आरोपमा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेकाअनुसार औषधि आपूर्तिको बिल भुक्तानी दिए वापत घुस मागेको सूचनाका आधारमा अख्तियारको हेटौडा कार्यलयबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारले उनलाई एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेक घुस वापत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको दावी छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ