२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशवरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए

वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए


नेपालगन्ज—वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । शुक्रबार दिउँसो २ बजे उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा निधन भएको हो ।

सल्यान खलंगामा वि.सं. २००२ सालमा जन्मिएका डा. प्रधान भेरी अस्पताल नेपालगन्जका प्रमुख भएर समेत काम गरेका थिए । आफ्नो करियरको २४ नेपालगन्जको भेरी अस्पतालमा बिताएका डा. प्रधानका श्रीमती र तीन छोरा छन् ।

सेवा निवृत्त भएपछि भने उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए। वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि डा. प्रधान गएको ४ भदौंदेखि नेपालगन्जस्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनी लामो समयदेखि सुगरको समस्याले ग्रसित तिए । डा. प्रधान पछिल्ला दिनहरूमा फोक्सोको टिबी, कलेजो र मिर्गौलाको समस्या लगायतले ग्रस्त थिए ।

यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका डा. प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । डा. प्रधानको पार्थिव शरीरलाई अन्त्येष्टीका लागि शुक्रबार नै काठमाडौं लगिदैंछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ