२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ

पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ


चरिकोट—पहिरोमा पुरिएका साहिल भुजेललाई सुरक्षाकर्मीले जीवितै उद्धार गरिएका थिए । शनिबार दिनभर भएको भारी वर्षाको कारण भीमेश्वर नगरपालिका–६ घ्याङचौरमा पहिरो जाँदा २ वर्षीय साहिल भुजेल घरभित्रै पुरेका थिए ।

जीवितै उद्धार गरिएका भुजेललाई भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको बैठकले मासिक १० हजार रुपैयाँ दिने निर्णय गरिएको नगर प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए ।

पहिरोमा परी भुजेलका आमा बुबा र दाजु गुमाएका थिए । कार्यपालिकाको बैठकले भुजेललाई मासिक १० हजार रुपैयाँ र राम्रो व्यवस्था नहुन्जेल शिक्षा, स्वास्थ्य उपचार, पालन पोषण र १२ कक्षासम्मको पढ्ने जिम्मेवारी भीमेश्वर नगरपालिकाले लिने नगर प्रमुख मानन्धरले बताए ।

त्यस्तै, मृत्यु भएका उनका आमा बुवा र दाजु गरी ३ जनाको मृत्यु संस्कार गर्न १ लाख र दाह संस्कार गर्न ४५ हजार रुपैयाँ दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा साहिल भुजेलका बुबा राजकुमार भुजेल आमा राधिका भुजेल र दाइ सुजन भुजेलको मृत्यु भएको थियो ।

साहिल भुजेललाई डेढ घण्टापछि जीवितै उद्धार गरिएको नगर आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति तथा नेपाल स्काउट विपद् व्यवस्थापन तालिम प्रशिक्षक थीरबहादुर खड्काले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ