२०८३ कात्तिक १३, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित


काठमाडौं—शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधीसभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधीसभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेकय पारित भएको हो ।

शिक्षा, विधान तथा प्रविधीमन्त्री रघुजी पन्तले विधेयकलाई पारित गर्ने प्रस्ताव प्रतिनिधीसभाको बैठकमा प्रस्तुत गरेका थिए । बहुमत सदस्यहरुले समर्थन गरेसँगै उक्त विधेयक प्रतिनिधीसभाबाट पारित भएको हो ।

यससँगै लामो समयदेखि कानुन अभावका कारण सञ्चालनमा आउन नसकेको गेटास्थित अर्बौ लगानीमा बनेका संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने बाटो खुलेको छ ।

सरकारले झण्डै ८ अर्ब लगानीमा उक्त स्वास्थ्य संरचना निर्माण गरेको हो । सुरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने भनिएपनि पछि स्थानीयको माग र सरकारको निर्णयका कारण गेटामा मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ