काठमाडौं—कास्कीस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरले सन् २०२५ को ९ महिनामा १ अर्ब १३ करोड (अपरिष्कृत) कारोबार गरेको छ । कलेजको आर्थिक तथ्यांकअनुसार ९ महिनामै उसले १ अर्ब १३ करोड ५० लाखको कारोबार गरेको हो ।
सन् २०२४ मा गण्डकी मेडिकल कलेजले १ अर्ब ४४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा १ अर्ब ३० करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १५ करोड ७० लाख रुपैयाँको आर्थिक कारोबार गरेको थियो ।
गण्डकीले सन् २०२१ मा भने १ अर्ब ७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२० मा उसले ९६ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कलेजले एमबीबीएस, बिडिएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम साथै स्वास्थ्य सेवा दिने शिक्षण अस्पताल संचालन गरिरहेको छ ।
सन् २००७ मा स्थापना भएको यो कलेज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेज हो ।
कलेजले एमबीबीएस, बिडिएसका साथै बिएस्सी नर्सिङ, बिएनएस, एमआईटी, बीएस्सी एमएलटी, बीपीएच, बी फर्माका शैक्षिक कार्यक्रम चलाउँछ । कलेजमा खुमा अर्यालको मुख्य लगानी रहेको छ ।