२०८२ असोज ३१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित

कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित


धनगढी—कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको अत्तरिया संचालित निजी क्षेत्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । न्यूनतम पारिश्रमिक माग गर्दै दुई दिनदेखि उनीहरुले आन्दोलित भएका हुन् ।

अस्पतालमा कार्यरत नर्सिङ कर्मचारी, सामान्य चिकित्सासँगै प्रयोगशाला विभागमा कार्यरत प्राविधिक कर्मचारीहरु आन्दोलनमा छन् । आन्दोलनरत स्वास्थ्यकर्मीले माग सम्बोधनका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र कैलालीका प्रमुख जिल्ला अधिकारीसमेत ज्ञापन पत्र बुझाएका छन् ।

निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नेपाल सरकारसरह लागु गर्नुपर्ने, तोकिएको समयभन्दा बढी काम गर्नेलाई अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।

यस्तै, नियुक्ति गर्दा करार सम्झौताका साथै अस्पतालले सक्कल प्रमाणपत्र राख्न नपाउने र बैकिङ प्रणलीमार्फत पारिश्रमिक उपलब्ध हुनुपर्ने माग राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ